loader

Breaking News

गान्तोकमा मशाल ऱ्याली

Image
 

बोधगया मन्दिर व्यवस्थापनमा सुधार तथा  सन् 1949 -को बोधगया मन्दिर ऐन खारेजीको माग गर्दै अखिल सिक्किम बौद्ध फोरमले आइतवार गान्तोकको अम्दो गोलाईदेखि जिल्ला प्रशासनिक केन्द्र परिसरसम्म मशाल र्‍याली आयोजन गऱ्यो। 
र्‍यालीमा लामा, श्रद्धालु तथा बौद्ध समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। ऱ्यालीमा सहभागीहरूले बोधगयालाई बौद्ध धर्मको सबैभन्दा पवित्र स्थलका रूपमा मानिँदै आएको यसको व्यवस्थापनमा केवल बौद्ध समुदायको नैसर्गिक अधिकार हुनुपर्ने धारणा प्रकट गरे।
फोरमका पदाधिकारीहरूले हालको बोधगया मन्दिर ऐनले विश्व बौद्ध समुदायको भावना र हितलाई पर्याप्त प्रतिनिधित्व गर्न नसकेको भन्दै मन्दिर प्रशासनमा पूर्ण रूपमा बौद्धहरूको मात्र सहभागिता हुने गरी आवश्यक कानुनी सुधार गर्न सरकारसँग माग गरेका छन्।


Leave a Comment